लकडाउन कार्यान्वयन गर्न कर्णाली सरकार लागि परेको छ : मन्त्री भण्डारी

pr
लोकपाटी न्यूज

उपेन्द्र न्यौपाने/ १७ चैत। प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली लकडाउन घोषणा गर्दै कोरानाविरुद्ध जुधिरहेको बताएका छन्। उनले लकडाउनको प्रभावकारी कार्यान्वयनमा कर्णाली प्रदेश सरकार डटिरहेको बताएका हुन्।

कर्णाली प्रदेश सरकारले आफ्ना नागरिकहरूलाई उद्धार गरिरहेको विषयमा केही सञ्चार माध्यममा भ्रामक समाचार प्रकाशन भएको बारे स्पष्ट पार्दै मन्त्री भण्डारीले ती सञ्चार माध्यममा पास नलिएर नियम विपरित मानिस ओसारिएको भन्ने समाचार भ्रमपूर्ण र गलत भएको बताएका छन्।

लकडाउनको आकस्मिक घोषणाले छाकको जाँतोमा पिसिएका मजदुर, किसान, अध्ययन र उपचारका शिलशीलामा घर छाडेका विद्यार्थी र बिरामीहरू पकेट रित्तिएर बेखर्ची बने। उनीहरू विदेशबाट आएका थिएनन्।

मन्त्री भण्डारीले भनेका भने,‘स्वास्थ्य परिक्षण गरेर पठाइएको छ। अलपत्र बनेका उनीहरूको थप स्वास्थ्य परिक्षण गरेर आवश्यकता अनुसार क्वारेन्टाइन, होम क्वारेन्टाइन र आइसोलेसन वार्डमा राख्ने ब्यवस्था भएको छ। सोही अभिभारा सम्पादन गर्न हिजो सुर्खेतमा अलपत्र परेका मजदुर, किसान, विरामी र विद्यार्थीलाई ३ गाडीमा पासको व्यवस्था गरेर जुम्ला कालिकोट पठाइयो। जुन संघीय र प्रदेश सरकारको निर्णय विपरित छैन। ’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्