कोरोनाबाट मृत्यु हुनेको संख्या ३५०१२ पुग्यो

CXorona Update
लोकपाटी न्यूज

काठमाडौं। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट मर्नेको संख्या दिन प्रतिदिन उच्च हुँदै गएको छ। सोमबार साँझ ६.५० सम्म विश्वभरि कोरोनाबाट मर्नेको संख्या ३५०१२ पुगेको छ।

कोरोनाबाट सबैभन्दा बढी क्षति इटालीमा भएको छ। हाल पनि सबैभन्दा उच्च मृत्युदरको शिकार पनि इटाली नै भइरहेको छ। इटालीमा सोमबारसम्म झण्डै ११००० नागरिकको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसका कारण विश्वले १०४६ जना नागरिक गुमाएको छ। अमेरिका, स्पेन, इरान, नेदरल्याण्ड, बेल्जियममा पछिल्लोपटक धेरै मानिसको मृत्यु भएको छ।

हालसम्म कोरोनाबाट संक्रमित हुने नागरिकको संख्या ७ लाख ३८ हजार पुगेको छ। १ लाख ५६ हजार नागरिक निको भएर घर फर्किएका छन्। हेर्नुस् पछिल्लो रिपोर्ट।

CXorona Update

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्