भरतपुर कोरोना अस्पतालले एघार जनाको स्वाब परिक्षण गर्न पठायो काठमाडौं

bharatpur corona help
लोकपाटी न्यूज

चितवन, १७ चैत। भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट सोमबार कोरोना परीक्षणका लागि ११ जनाको नमुना (स्वाब) काठमाडौं पठाइएको छ। कोरोना आशंका गरिएका बिरामीको स्वाब संकलन गरी सोमबार नै काठमाडौं पठाइएको अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले जानकारी दिए।

नमुना पठाइएका मध्ये एक जना बालिकाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको डा. अधिकारीले जानकारी दिए। यसअघि नमुना पठाइएका तीन जनाको रिपोर्ट आउन बाँकी रहेको डा.अधिकारीले बताए।

अस्पतालमा सोमबार मात्र १३ जना बिरामी भर्ना भएका डा.अधिकारीले जानकारी बताए। यस अस्पतालमा सोमबार एकै दिन २८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। कोरोना आशकामा अस्पताल पुगेका बिरामीहरुको परीक्षण गरिएको हो। अस्पतालको सेवा सुरु भएदेखि हालसम्म २ सय २४ जनाको स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्