काठमाडौं, १७ चैत। बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका बाबुराम थापा क्षेत्रीमा कोरोना नभएको पुष्टि भएको छ । पाल्पा रिब्दीकोटका क्षेत्रीको मृत्युपछि स्वाव परीक्षणका लागि टेकु पठाइएको थियो । टेकुमा गरिएको दुइ पटकको परिक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।
उनि दुवईबाट चैत ६ गते नेपाल आएका थिए । चैत १३ गते ज्वरो देखिए पछि लुम्बिनी प्रादेशिक अस्पतालमा थापा उपचारका लागि पुगेका थिए । उनको तीन दिनपछि आइतबार मृत्यु भएको थियो । ज्वरो देखिएका उनले केही दिनअघि टाइफाइड भएको भन्दै औषधि पनि खाइरहेका थिए । अस्पतालले अकस्मात श्वासप्रश्वासमा समस्या देखिएकाले मृत्यु भएको जनाएको छ ।



लोकपाटी न्यूज