क्वारेन्टाइनमै कुटिए वडाअध्यक्ष

लोकपाटी न्यूज

कैलाली, १७ चैत। बैतडीका एक वडाअध्यक्षमाथी क्वारेन्टाईन मै कुटपिट भएको छ। बैतडीको पुर्चौडी नगरपालिका ७ का वडा अध्यक्ष रामबहादुर ऎरमाथि क्वारेन्टाइनमै कुटपिट भएको हो। मदिरा पिएर होहल्ला गर्दै हिडेका स्थानिय धर्मानन्द बडुले कुटपिट गरेका हुन्। गल्लेक माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइन अनुगमनमा गएको बेला उनलाई स्थानीय ३६ बडुले कुटपिट गरेका थिए।

मदिरा पिएर क्वारेन्टाइनमा आइ होहल्ला गरिरहेका बडुलाई सम्झाउन खोज्दा अध्यक्षमाथि कुटपिट भएको प्रहरीले बताएको छ। कुटपिटबाट घाइते वडाअध्यक्ष ऎरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र कुटपिट गर्ने बडुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी डिल्लिनारायण पाण्डेयले बताए । कुटपिट गर्ने बडुलाई कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्