आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने हो ? : देउवा

Sher Bahadur Deuwa
लोकपाटी न्यूज

काठमाडौं, १७ चैत। प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दार्चुला सदरमुकाम पारी रहेका नेपालीहरूलाई प्रक्रिया पुर्‍याएर नेपाल आउन दिनुपर्ने माग बताएका छन्। सीमापारि रोकिएका नेपालीलाई स्वदेश आउन दिनुपर्ने बताएका हुन्।

सोमवार सामाजिक सञ्जाल ट्वीटरमार्फत् देउवाले आफ्नै देशमा आउन पनि नारा जुलुश किन गर्नुपरेको हो भनेर प्रश्न गरेका छन्।

उनले नेपालीहरूले नाराजुलुश गरेको भिडियो पनि सेयर गर्दै लेखेका छन् ‘आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो ?’ प्रश्न गर्दै देउवाले भनेका छन्, ‘दार्चुला सदरमुकाम पारी भारतको धार्चुलामा रहेका सयौं नेपालीहरुलाई आवश्यक प्रक्रिया पूरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन म सरकारसँग जोडदार माग गर्दछु।’

4