प्रहरीले सिलिन्डर बोकाएर सर्वसाधरणलाई सडकमा बसाएको घटनाको अनुसन्धान शुरु

लोकपाटी न्यूज

काठमाडौ, १७ चैत। एक प्रहरीले ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्वीरको समाजिक सञ्जालमा आलोचना भएपछि प्रहरीले अनुसन्धान थालेको छ । उत्त तस्विर समाजिक सञ्जालमा भाइरल भएको थियो। तस्विरमा प्रहरीले सडकमा सिलिण्डर बोकाएर बसाएको दृश्य देखिन्छ । उत्त तस्विर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो । के उद्देश्यले सिलिण्डर बोकाइए भन्ने विषयमा छानविन थालिएको हो प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमा प्रहरी कर्मचारीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको सम्बन्धमा सबैबाट प्राप्त भएको सुझाव, गुनासोलाई प्रहरी प्रधान कार्यालयले गम्भिरताका साथ लिएको र आवश्यक छानबिन भइरहेको जानकारी प्रहरीले दिएको छ। उत्त तस्वीर कुन ठाउँको हो भन्ने पनि अहिलेसम्म खुलिसकेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्