काठमाडौं, १७ चैत। प्रदेश १ को विराटनगर र सुदूरपश्चिम प्रदेशको धनगढीका लागि उडेको नेपाली सेनाको स्काइ ट्रक आकस्मिक अवतरण भएको छ । चीनबाट आएको स्वास्थ्य सामग्री र उपकरण बोकेको पाली सेनाको स्काइ ट्रक त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण भएको हो।
विमानभित्र खुर्सानीको जस्तो अनौठो गन्ध आएपछि विमानलाई आकस्मिक अवतरण गराइएको हो । सोमबार बिहान ९ बजेर ५० मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको सो विमान १० मिनेटमै फर्किएर १० बजे त्रिभुवन विमानस्थल अवतरण भएको हो ।
चीनले कोभिड- १९ को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामाग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई आइतबार नै हस्तान्तरण गरेको थियो ।



लोकपाटी न्यूज