काठमाडौं, १६ चैत। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरसको उच्च जोखिम रहेको अबस्थामा सबैले उच्च सजकता र सतर्कता अपनाउन आग्रह गरेका छन। आइतबार एक अपिल मार्फत उनले भाइरसबाट संक्रमित विश्वभरका सम्पूर्ण नागरिकमा स्वास्थ्य लाभको कामना गर्दै यसबाट बच्न सबैले उच्च सजकता र सतर्कता अपनाउन आग्रह गरेका हुन।
नेपालमा हालसम्म पाँच व्यक्तिमा संक्रमण पुष्टी भइसकेको बताउदै उनले सरकारले आफ्नो तर्फबाट यसको रोकथाम, नियन्त्रण, परीक्षण, उपचारलगायतको कार्यमा सकारात्मक पहल गरिरहेको बताएका छन । रोगको पहिचान, परीक्षण र उपचार गर्न औषधी, प्रयोगशाला सामाग्री र पीपीई लगायतका सामानहरु देशभरका अस्पतालमा पर्याप्त मात्रमा उपलब्ध गराउन सरकार थप सक्रिय हुन पनि उनको आग्रह छ।
‘यस विषम परिस्थितिको सामना गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, आम सञ्चारमाध्यम, नागरिक समाज तथा सम्पूर्ण नागरिकको सकारात्मक भूमिका र साथ जरुरी हुन्छ,’ उनले भनेका छन, ‘त्यसैले, विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेका निर्देशन, आचारसंहिता, सावधानीका उपाय र आह्वानलाई परिपालना गरी रोगबाट सुरक्षित रहन तथा परिवार र समाजलाई सुरक्षित राख्न सम्पूर्णमा अनुरोध गर्दछु।’




लोकपाटी न्यूज

