काठमाडौं, १६ चैत। कोरोना भाइरसको संक्रमणबाट विश्वभर मर्नेको संख्या ३० हजार ९ सय २३ पुगेको छ। आइतबार दिउसो १२ बजेसम्म २ सय भन्दा बढी मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ३० हजार ९ सय २३ जनाको मृत्यु भएको हो। ६ लाख ६४ हजार १ सय ९२ मानिस संक्रमित भएका छन्। यसमध्ये १ लाख ४२ हजार ३ सय ६४ निको भएर घर फर्किएका छन्।
कोरोना भाइरसकोबाट सबैभन्दा बढि प्रभावित इटली भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या १० हजार २३ पुगेको छ। थप ८ सय ८९ जनाको मृत्यु भएपछि कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार २३ पुगेको हो। त्यहाँ ५ हजार ९ सय ७४ जना मानिसहरु संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुनेको संख्या ९२ हजार ४ सय ७२ पुगेको छ।
यस्तै अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार २ सय २९ पुगेको छ। हालसम्म अमेरिकामा १ लाख २३ हजार ७ सय ७४ जना संक्रमित भएका छन्। जसमध्ये एकै दिनमा १९ हजार १ सय ८७ जना नयाँ संक्रमित देखिएका हुन्।
अमेरिकामा ३ हजार २ सय ३१ जना उपचारपछि निको भएका छन् भने १ लाख १८ हजार ३ सय १४ जना उपचाररत छन्। कोरोना भाइरसको उद्भव मानिएको चीनमा पछिल्लो २४ घण्टामा कुनै नयाँ संक्रमण देखिएको छैन। यद्यपि त्यहाँ ३२ सय ९५ जनाको मृत्यु भइसकेको छ।



लोकपाटी न्यूज

