काठमाडौं, १६ चैत। चीनबाट स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको छ ।
चीनको ग्वान्जओबाट १२.६६ टन अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरण लिएर विमान स्वदेश फर्किएको हो।जहाज आइतबार बिहान साढे पाँच बजे काठमाडौं फर्किएको विमानस्थलले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको निर्णय अनुसर जहाज औषधि र उपकरण लिन चीन पठाइएको थियो। भेन्टिलेटर, अक्सिजन प्लान्ट, सर्जिकल तथा एन ९५ मास्क लगायतका १९ प्रकारका उपकरण ल्याउनेगरी जहाज पठाइएको थियो। नेपाल वायुसेवा निगमको आरए ४१७१ कल साइनको जहाज शनिबार औषधि र उपकरण लिन चीन पठाइएको थियो।



लोकपाटी न्यूज