इटालीमा कोरोना भाइरसको उपचारमा संलग्न ५१ चिकित्सकको मृत्यु

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

काठमाडौं, १५ चैत।  इटालीमा कोरोना भाइरस कोभिड-१९ बाट ५१ जना चिकित्सकको मृत्यु भएको छ। कोरोना भाइसको उपचारमा संलग्न ५१ जना चिकित्सकको मृत्यु भएको हो।

महामारी फैलिएयता इटालीमा कोरोना भाइरसका कारण कम्तिमा ५१ जना चिकित्सकको मृत्यु भएको इटालियन एसोसियसन अफ डक्टर्सले जनाएको छ। मृत्यु हुने ५१ जना चिकित्सकमध्ये ३२ जना सबैभन्दा बढी प्रभावित मानिएको लोम्बार्दी क्षेत्रका भएका जनाइएको छ ।

शुक्रबार रातिसम्म इटालीमा कोरोना भाइरसको संक्रमणका कारण ९ हजार १३४ जनाको मृत्यु भएको छ भने ८६ हजार भन्दा बढी संक्रमित भएका छन्। एसोसिएसनका अध्यक्ष फिलिप्पो एनेलीले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुका लागि पर्सनल प्रोटेक्टिभ इकुप्मेन्टको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।