सिञ्जामा कोरोनाबाट बच्न मुल बाटो नै बन्द

bato
लोकपाटी न्यूज

उपेन्द्र न्यौपाने/ सिञ्जा, १४ चैत।  जुम्लाको सिञ्जा भेग एक पर्यटकीय क्षेत्र हो। यहाँका स्थानीय व्यापार व्यवसायको लागि छिमेकी राष्ट्र भारतदेखि तेस्रो मुलुकसम्म पुग्ने गर्दछन्। मंसिर महिना जाने र चैत महिना आफ्नो गृह जिल्लामा आउने उनीहरुको पुरानै चलन हो। कतिपय स्थानीय बाह्रै महिना जिल्ला बाहिर बसेर व्यवसाय पनि गर्ने गर्दछन्।

तर यस वर्ष विश्वभर कोरोनाको त्रास भएपछि सिञ्जाका स्थानीयबासी आफ्नो गृह जिल्ला आउने क्रम बढ्दो क्रममा रहेको स्थानीय उपेन्द्र न्यौपानेले बताए। उनले भने,‘कोरोनाको संक्रमणका कारण सरकारले देश नै लकडाउन गरेपछि, यहाँका स्थानीय रातभर गरेर आफ्नो घरमा पुग्ने गरेका छन्।’

यहाँका स्थानीयहरुलाई बाहिरि जिल्लाबाट आउने गरेकाले एक अर्काेको घरमा नजाउन र केही रुपमा उनीहरुलाई बन्देजहोस् भनेर कनकासुन्दरी गाउँपालिका ५ लुड्कु गाउँका स्थानीय युवाले आवत जावत गर्ने मुल बाटो नै बन्द गरेका छन्।

आवतजावत गर्ने मुल बाटोमा जुवा र काँडाले बार बारिएको छ। स्थानीय उपेन्द्र न्यौपानेका अनुसार चैत २५ गतेसम्म एक घरबाट अर्काे घर नजाने, छोरी बहिनी, इष्टमित्र कसैलाई पनि लुड्कु गाउँमा प्रबेश गर्न निषेध गरिएको छ।

कनकासुन्दरी गाउँपालिकामा कोटघर स्वास्थ्य चौकीमा १० क्वारेन्टाइनको व्यवस्थापन गरिएको छ। जिल्ला बाहिरबाट आएका स्थानीयलाई सहजै आफ्नो घरमा बस्न नदिएर १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गरिएको स्वास्थ्यकर्मी दामोदर आचार्यले बताए।

उनले भने हाडसिञ्जा स्वास्थ्य चौकीमा पनि १० बेडको क्वारेन्टाइन बनाएको छ। कोरोना भाइरसबाट बच्न यहाँका स्थानीयबासीलाई एक घरबाट अर्काे घर नजान, भीडभाडमा नजान, साबुन पानीले हात धुने र मास्कको प्रयोग गर्ने जस्ता विधिहरु सिकाएको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्