बागलुङमा लकडाउनका कारण राजीरोटी गुमेकालाई दिवा खाना खुवाउने

लोकपाटी न्यूज

काठमाडौं, १४ चैत। बागलुङ नगरपालिकाले लकडाउनका कारण रोजीरोटी गुमेर हातमुख जोर्न समस्या भएकाहरूलाई शनिबारदेखि दिवा खाना खुवाउने भएको छ। यस्तै, नगरपालिकाले लकडाउनका कारण मजदुरी गर्न नपाएर हातमुख जोर्न समस्या भएकालाई राहत उपलब्ध गराउनका लागि वडास्तरबाट लगत सङ्कलनको कामलाई समेत अगाडि बढाएको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए।

शनिबारदेखि कुडुँलेको शालग्राम सङ्ग्रहालय तथा वेद विद्याश्रमको संयोजनमा धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा दिवा खाना खुवाइने भएको हो । यस्तै, नगरपालिकाले बजार क्षेत्रमा कोरोना रोकथामका लागि कीटनाशक औषधि छर्ने कार्य गर्नसमेत थालेको छ ।

यस्तैगरी, नगरपालिकाले १५ लाख रूपैयाँको राहत तथा उद्धार कोष स्थापना गर्ने भएको जनाउँदै यसमा थप सहयोग गर्न सबैलाई आग्रह गरेको छ

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्