काठमाडौं, १४ चैत। लकडाउनका कारण नेपालमा फसेका युरोपिय देशका नागरिक लिनका लागी कतार एअरवेजको विमान काठमाडौं आउने भएको छ। जर्मन, फ्रान्स तथा युरोपका अन्य मुलुकका यात्रुलाई लिनका लागि आज बिहान सवा १० बजे विमान आउन लागेको हो।
जर्मन तथा फ्रेन्ज दूतावासले आफ्ना नागरिकहरुलाई उद्धार गरी लैजान विमान चार्टड गरेका हुन् । सो विमानमा युरोपका अन्य नागरिकलाई पनि लैजान लागिएकोहो। दुई विमान शुक्रबार हिन १०ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । बिहान सवा १० बजे अवतरण गर्ने विमानमा उताबाट कुनै यात्रु ल्याइने छैन
सवा १० बजे काठमाडौँ आइपुग्ने विमान यताबाट ११ः३० मा दोहातर्फ उडान भर्नेछ ।



लोकपाटी न्यूज