प्रधानमन्त्री ओली अस्पताल भर्ना

Kp Sharma oli Hospital
लोकपाटी न्यूज

काठमाडौं, १४ चैत्र। प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्।

बिहीबार रातिदेखि शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको स्रोतले बतायो। प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ। दुई दिन अघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले करिब ४ घण्टा बिताएका थिए।

२१ फागुनमा प्रधानमन्त्री ओलीको शरीरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। चिकित्सकहरुले प्रधानमन्त्रीलाई दौडधुप नगरी आराम गर्न सुझाएका थिए। तर, प्रधानमन्त्री मृगौला प्रत्यारोपण लगत्तै सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्