स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

लोकपाटी न्यूज

काठमाडौं, १४ चैत। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ । बिहीबार रातिदेखि शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो।

प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ । दुई दिन अघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले करिब ४ घण्टा बिताएका थिए ।

प्रधानमन्त्री ओलीको २१ फागुनमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्