काठमाडौं, १४ चैत। कान्तिपुर दैनिकले आफ्नो प्रकाशन अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।आजको पत्रिकामार्फत विशेष प्रकाशकीय लेख्दै कोरोना संक्रमणको जोखिम मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाइएको छ।
कोरोना भाइरसको विश्वव्यापी महामारीलाई मध्यनजर गर्दै सबै प्रकाशनहरु बन्द गर्ने निर्णय गरिएको कान्तिपुर प्रकाशनले जनाएको छ । कान्तिपुर, दी काठमान्डु पोस्ट, साप्ताहिक, नेपाल र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्रबारपछि केही दिनका निम्ति स्थगन हुने विशेष प्रकाशकीयमा उल्लेख गरिएको छ।
विषेश प्रकाशकीयमा दैनिक रूपमा परिस्थितिको आकलन गरिने र हालको स्थितिमा अलिकति सुधार आउनासाथ पत्रिकाहरू पूर्ववत् प्रकाशित गरिने कान्तिपुर मिडिया ग्रुपले बताएको छ ।



लोकपाटी न्यूज