चैते दशैंमा खडग कालिका भगवती मन्दिरमा सामूहिक पूजा नहुने

mandir pic
लोकपाटी न्यूज

थम्मन थापा/ बागलुङ, १३ चैत। गलकोट नगरपालिका ७ मल्म सप्ताहघाटमा रहेको खडग कालिका कोत मन्दिरमा यस वर्ष चैते दशैंमा सामूहिक पुजा अर्चना नहुने भएको छ। विश्व व्यापी माहामारीको रुपमा फैलिएको कोभिड-१९ कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै पूजा स्थगित गरिएको खडग कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले जानकारी दिए।

मन्दिरमा परापुर्वकाल देखि नै नियमित रुपमा बडा दशैं र चैते दशैंमा महाकाली, महालक्ष्मी, महासरस्वती, जगदम्बा भगवतीको पाठ पारायणसहित पशु बलि दिँदै आइएको थियो।

तर, यस वर्ष कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले भीडभाड नगर्न निर्देशन गरे बमोजिम सामूहिक पूजा अर्चना र पशु बलि दिने काम स्थगित गरिएको खडग कालिका मन्दिर व्यवस्थापन समितिका सचिव तथा पण्डित रामचन्द्र गौतमले जानकारी दिए। खडग कालिका कोत मन्दिरमा खडग कालीका भगवती, खडग कालीका माईको पूजा अर्चना हुँदै आएको थियो।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्