जुम्लामा एक बालक आईसोलेसनमा भर्ना

issolesion
लोकपाटी न्यूज

उपेन्द्र न्यौपाने/ सिञ्जा, १३ चैत। जुम्ला तातोपानी गाउँपालिकाका ११ वर्षीय बालकलाई उच्च ज्वरो देखिएसँगै आईसोलेसनमा राखिएको छ। चेकजाँचका क्रममा उच्च ज्वरो देखिएपछि उनलाई सिधै आईसोलेसनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर सुनिल बुढाथोकीले बताए।

डा. बुढाथोकीका अनुसार बालकलाई १०२ देखि १०४ डिग्रीसम्म ज्वरो आएको छ। बालकका बुबा ५ दिन अगाडि भारतबाट आएको समेत खुलेको छ।

२/३ दिनअघि देखि ज्वरो आएपछि उपचारका लागि प्रतिष्ठानमा ल्याउँदा ज्वरो नाप्दा कोरोनाको लक्षणसँग मिल्दो जुल्दो भएपछि आईसोलेसनमा राखिएको बुडाथोकीले जानकारी दिए।

बालकलाई कोरोनाको रिर्पोट नआउन्जेलसम्म आईसोलेनसमै राखी उपचार गरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्