सिडियो कार्यालय बाहिर सवारी पास माग्नेको जुलुस

लोकपाटी न्यूज

काठमाडौं, १३ चैत। सरकारले मानिसहरुको भीड नहोस भनेर लक डाउनको घोषणा गरेपनि जिल्ला प्रशासन कार्यालय काठमाडौं बाहिरको दृश्य भने फरक छ। लकडाउनमा सरकारले बाहिर निस्कन कडाई गरेपनि सडकमा सवारी साधान गुडाउनका लागि सयौंका संख्यामा सर्वसाधारण जिल्ला प्रशासन कार्यालय धाउन थालेका छन्।

काठमाडौका सहायक जिल्ला अधिकारी कृष्णबहादुर कटवाल पास माग्न आउने सबैलाई पास दिन नसकिने बताउछन्। उनले अत्यावश्यक सेवामा रहेकाहरुलाई मात्र पास दिने व्यवस्था गरेको उल्लेख गर्दै सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह गरे।

जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवाका सरकारी कर्मचारी, औषधी पसल सञ्चालकलाई पास दिने गरेको छ। काठमाडौंबाट गाँउ फर्किनका लागि पनि सर्वसाधारण सवारी पास माग्न जिल्ला प्रशासन कार्यालय जान थालेका छन्। आजभोली जिल्ला प्रशासन कार्यालय बाहिर मानिसहरुको खचाखच भीड हुन थालेको छ । सरकारले सुरक्षाका लागि मानिसलाई भीड नगर्न भनेपनि जिल्ला प्रशासन कार्यालयमै असुरक्षित भीड लाग्ने गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्