खानेपानी आपूर्तिमा समस्या आउनँ दिँदैनौं

pic water
लोकपाटी न्यूज

काठमाडौं, १३ चैत। सरकारले कोरोना भाइरस कोभिड(१९ को सम्भावित सङ्क्रमणबाट बच्न देश भर लक डाउन गरेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलले उपत्यकामा खानेपानीको आपूर्ति र गुणस्तर मापनलाई निरन्तरता दिइरहेको छ। केयुकेएलले आफ्ना कर्मचारीहरुमार्फत् खानेपानी वितरण सेवालाई निरन्तरता दिइरहेको जनाएको छ। लक डाउनको आज तेस्रो दिन (बिहीबार) केयुकेएलका कार्यकारी प्रमूख मिलन शाक्यको नेतृत्वमा केयुकेएलको टीम ले महाकाल चौर शाखा र बासबारी शाखाको निरीक्षण गर्‍यो।

केयुकेएलको टीमले दुवै शाखामा खानेपानीको गुणस्तर मापन गरेको थियो। खानेपानीमा हुनुपर्ने क्लोरिनको मात्रा छ कि छैन भन्ने परीक्षण गर्दा दुवै शाखामा आवश्यक मापदण्ड रहेको प्रमूख शाक्यले बताए। ‘लक डाउनको समयमा खानेपानीको अभाव नहोस् भन्नका लागि केयुकेएलले पहिलो प्राथमिकता दिएर अस्पतालमा ट्याङ्करमार्फत् खानेपानी वितरण गरिरहेको शाक्यले जानकारी दिए। लक डाउनको समयमा मान्छेलाइ चाहिने सबैभन्दा महत्त्वपूर्ण कुरा खानेपानी नै हो। झन हात धुन र सरसफाइ गर्न पानी नभै हुँदैन। उनले भने, ‘यस्तो बेलामा पनि कर्मचारीहरुले काम गरिरहेका छन्।

हामीले खानेपानीको वितरण र गुणस्तर के कस्तो छ भनेर निरीक्षण गरेका हौं। दुबै शाखामा राम्रो रहेको पायौ।’ अहिले सुख्खा समय भएकाले खानेपानीको माग धेरै रहेको र जे जस्तो भएपनि सेवा दिइरहेको उनले बताए। ‘खानेपानी मन्त्रालय र मन्त्रीज्यूको बेला-बेला हामीलाई निर्देशन प्राप्त भैरहेको छ। मन्त्रीज्यूबाट साथ र सहयोग पाइरहेका छौ।‘
शाक्यले भने, ‘यस्तो बेला हामीले कुनै कसर बाँकी नराखी काम गरिरहेका छांै र आम उपभोक्तालाई सेवा दिइरहेका छौं, सके सम्म खानेपानी आपूर्तिमा कमी हुन दिन्नौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्