ठूलो परिमाणको लागूऔषध सहित एक पक्राउ

Capture
लोकपाटी न्यूज

रमेश भुषाल/ पश्चिम नवलपरासी, १३ चैत। पश्चिम नवलपरासीमा लागूऔषध सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको सरावाल गाउँपालीका ४ ललितपुस्थित भित्रि सडकखण्डबाट बर्दघाट नगरपालीका १३ वस्ने वर्ष ५९ का सुरेन्द्र चामारलाई प्रहरी चौकी गोवरहियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

यु पि १६ एस ७५७१ नम्वरको मोटरसाइमा सवार चमारको साथबाट स्पास्मो ५७६ ट्यावलेट, नाइट्रोभेट टेन ६०० ट्यावलेट र १०० एमएलका ओनरेक्स ७० वोत्तल फेला पारेको प्रहरीले जनाएको छ।

चमारलाई नियन्त्रणमा लिएसँगै अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्