डोटी, १३ चैत। जिल्लाका ९ वटै स्थानीय तहले रोजगारी गरेर भारतबाट फर्किएका व्यक्तिको सूचना सङ्कलन गर्न सुरु गरेको छ। पछिल्लो एक महिनामा भारतबाट काम गरेर गाउँ फर्किएका व्यक्तिको लगत सङ्कलन सुरु गरिएको सुदूरपश्चिम गाउँपालिका महासङ्घका अध्यक्ष दुर्गादत्त ओझाले बताए।
९ वटै स्थानीय तहका जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोलीले आ–आफ्नो पालिका तथा वडामा लगत सङ्कलनका लागि कर्मचारी परिचालन गरिरहेकोे छ । भाइरस सङ्क्रमणको जोखिम नहोस् भनेर पछिल्लो १ महिनामा भारतबाट फर्किएका व्यक्तिको विवरण सङ्कलन गर्न थालिएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए।
स्थानीय तहले पछिल्लो १ महिनाको अवधिमा भारतलगायत अन्य देशबाट कोही आएको तथा आएर फर्किएको भएमा त्यसको सूचना पनि नगरपालिकारगाउँपालिकाको कार्यालय वा प्रहरी कार्यालयमा जानकारी दिन आह्वान गरेको छ ।जिल्लामा अन्य देशभन्दा पनि रोजगारीका लागि भारत जानेको सङ्ख्या बढी रहेको पाइन्छ ।



लोकपाटी न्यूज