काेराेना सम्बन्धी केही मिथक केही सत्य

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लोकपाटी न्यूज
  • उषा दाहाल

काठमाडौं। कोभिड-१९ वा नयाँ कोरोना भाइरस एक संक्रामक सरुवा रोग हो। धेरै मानिसहरुलाई यो रोग लागे पनि सामान्य लक्षण देखा परी आफैँ निको हुने गरेको पाइेएको छ। तर बुढेसकालमा हुने मनिसहरु र अन्य रोग लागिसकेका मनिसहरुमा गम्भिर लक्षणहरु देखा परेको छ।

धेरै मनिसहरु यो भाइरस सम्बन्धी भ्रम तथा यथार्थलाई बुझेको खण्डमा विभिन्न स्क्यामबाट बच्न सक्छन। साथै अनावश्यक त्रास र आश्वासनमा पनि बस्नु पर्दैन। त्यसैले मिथक र सत्यतालाई बुझेर आफू र अरुलाई पनि सजक बनाउनुहोस्। कोरोना भाइरससम्बन्धी भ्रम तथा मिथकहरु।

usha dahal१. कुनै पनि भगवानमाथि आस्था राखी पूजा गर्दा, गाईको गउँत खादा, गोबरले नुहाउँदा कोरोना भाइरस लाग्दैन ?

बिल्कुल गलत हो पूजा गर्दा तपाईंलाई आत्मशान्ति मिल्ला तर भीड्भाडभएको पूजा गर्ने ठाउँहरुमा यदि एक जनामा मात्रै पनि भाइरस छ भने त्यो भाइरस एकैपटक धेरै जनामा सर्न पाउँछ। बिरामी नदेखीएपनि एकबाट अर्को व्यक्तिमा भाइरस सर्छ। गाईको गउँत र गोबरले बचाउँछ भनेर कुनै तथ्य छैन।

२. कोभिड-१९ र कोरोना भाइरस तातो र आर्द्र तथा चिसो मौसममा प्रसारित हुँदैन : बिल्कुल गलत

अहिले सम्म कोरोना भाइरसद्वारा १ सय ९५ देशहरु संक्रमित भाइसकेका छन्। कुनै देशमा पनि तापक्रमले कोरोना भाइरसलाई रोकेको छैन।

३. तातो पानिले नुहाउँदा कोरोना भाइरस लाग्दैन : बिल्कुल गलत

भाइरस मर्छ भन्दैमा उम्लेको पानीले नुहाउँन थाल्नु भयो भने छाला पोलेर तपाईंलाई नै हैरानी हुन्छ तर भाइरस मर्दैन।

४.लाम्खुट्टेले टोकदा कोरोना सर्छ : बिल्कुल गलत

कोरोना भाइरस मूख्य रूपले संक्रमित व्यक्ति खोक्दा वा हाच्छिउं गर्दा र्‍याल वा नाकबाट डिस्चार्ज हुँदा उत्पन्न हुने थोपाबाट सर्छ। त्यसैले अहिलेसम्म लाम्खुट्टेको टोकाइबाट कोरोना भाइरस सर्छ भन्ने कुनै प्रमाण छैन।

५. ह्यान्ड ड्राएरले हात सुकाउँदा कोरोना भाइरस मर्छ : बिल्कुल गलत

ह्यान्ड ड्राएरले हात सुक्छ, तर भाइरस मर्दै मर्दैन।

६. थर्मल स्क्यानरले कोरोना भाइरस लागेको व्यक्ती पत्ता लगाउँछ :

थर्मल स्क्यानर ज्वरो आएको व्यक्तिलाई पत्ता लगाउन प्रभावकारी हुन्छ। ज्वरो आउनु कोरोना भाइरस संक्रमित व्यक्तिको धेरै मध्य एक लक्षण हो। तर बुझ्नु पर्ने कुरा चाहिँ भाइरस लागि सकेको २ देखी १० दिनमा मात्रै संक्रमित व्यक्ति बिरामी हुन्छ र ज्वरो आउँछ। अर्को महत्वपूर्ण कुरा भनेको बिरामी नदेखिए पनि संक्रमित व्यक्तिले अरुलाई भाइरस सार्न सक्छ।

७. शरिरभरी रक्सी वा क्लोरीन स्प्रे गर्दा कोरोना भाइरस मर्छ : बिल्कुल गलत

यस्ता पदार्थहरु कपडा तथा आँखा र मुखको लागि हानिकारक हुन्छन्, तर शरीर भित्रको भाइरसलाई मार्न सक्दैनन्। यदि सहि तरिकाले प्रयोग गरेमा अल्कोहोल र क्लोरिनले सतहमा रहेका किटाणुहरु मार्न भने मदत गर्छ।

८. निमोनियाविरूद्ध खोपहरूले कोरोना भाइरस विरूद्ध तपाईको सुरक्षा गर्दछ :  बिल्कुल गलत

कोभिड-१९ नयाँ प्रकृतिको भाइरस हो, जुन पहिलोपटक मानव प्रजातिमा देखा परेको छ। त्यसैले यसलाई आफ्नै प्रकारको नयाँ भ्याक्सिन चाहिन्छ, जुन बन्ने प्रकृयामै छ।

९. नुन पानीले नियमित रुपमा नाक सफा गरे कोरोना भाइरस लाग्नबाट बच्न सकिन्छ : बिल्कुल गलत

कोरोना भाइरस सम्बन्धित यस्तो प्रकारको प्रमाण कतै पनि छैन। तर, रुघा लागेका केही मनिसहरु नुन पानीले नाक सफा गर्दा छिट्टै निको भएका छन्।

१०. लसुन खानाले, रक्सि पिउनाले,ब्लीच पिउनाले अथवा ब्लीचले गार्गलरकुल्ला गर्नाले, एसिटिक एसिड वा स्टेरोइड्स लिनाले, तेल दल्न अथवा पिउनाले, नुन पानी पिउन अथवा कुल्ला गर्नाले र अन्य कुनै पनि वस्तुको प्रयोग गर्नाले कोरोना भाइरसको संक्रमणलाई रोक्न मद्दत गर्दछ। बिल्कुल गलत हो।

लसुनमा केही एन्टिमाइक्रोबियल गुणहरू भए पनि लसुनको प्रयोगले कोरोना भाइरस लागेको व्यक्ती निको भएको प्रमाण कतै पनि छैन।

रक्सिले उल्टै तपाईंको प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ तर कोरोना भाइरसबाट बचाउँन सक्दैन। माथि उल्लेखित कुनै पनि पदार्थहरुले संक्रमणबाट बचाउन सक्दैन र केही वस्तुहरु त झनै शरीरको लागि खतरनाक छन्।

११. कोरोना भाइरसले बुढेसकालकालाई असर गर्दछ, जवान व्यक्तिहरू त्यती संवेदनशील छैनन् :  बिल्कुल गलत

सबै उमेरका मनिसहरु कोरोना भाइरसबाट संक्रमित हुन सक्छन त्यसैले बच्चा, जवान या त बुढा हुन सबै जना सतर्क हुनैपर्छ। यद्यपि वृद्ध्-वृद्धा र दिर्घ रोगीहरु जस्तै मधुमेह, दम र मुटु रोग लागेका मनिसहरु कोरोना भाइरसबाट गम्भीर बिरामी हुने असर धेरै देखिएको छ।

१२. एन्टिबायोटिकहरू कोरोना भाइरसलाई रोक्न र उपचार गर्न प्रभावकारी छन्ः बिल्कुल गलत

एन्टिबायोटिकहरू व्याक्टेरियाविरुद्ध काम गर्छन, तर, कुनै पनि भाइरसविरुद्ध काम गर्न सक्दैनन्। यदि तपाईं कोरोना भाइरस संक्रमण भएर अस्पातलमा भर्ना हुनु भएको छ र एन्टिबायोटिक चलाइेको छ भने त्यो व्याक्टेरिया विरुद्धको लागि हो, किनभने कोरोना भाइरसको साथै तपाईंलाई व्याक्टेरियाले पनि संक्रमण गरेको हुन सक्छ।

१३. कोरोना भाइरस रोक्न वा उपचार गर्न औषधिहरू छन् :  बिल्कुल गलत

अहिले सम्म कोरोना भाइरस रोकथाम तथा उपचार गर्ने कुनै पनि औषधि छैन। तथापी, कोरोना भाइरससंक्रमित व्यक्तिलाई सपोर्टिभ केयरको जरुरत पर्दछ।

१४.कोरोना भाइरस जानी जानी सिर्जना गरिएको थियो : बिल्कुल गलत

समय अनुसार भाइरस पनि परिवर्तन हुँदै जान्छन। जनावर वा चराचुरुङीहरुमा रहेको भाइरस मानिसहरुमा सर्दा यस्तो महामारी बेलाबखत हुन्छ। कोरोना भाइरस पनि यसरी नै सरेको हुन सक्छ।

१५.अनुहारको मास्कले तपाईंलाई कोभिड-१९ कोरोना भाइरसबाट बचाउनेछ :  बिल्कुल गलत

बिरामीहरुलाई हेरचाह गर्ने स्वास्थ्यकर्मीहरुले टाइट फिट हुने खालको मास्क जस्तै N95 लगाउँदा भाइरस लाग्नबाट रोकथाम गर्छ। तर बिरामी नभएको व्यक्तिलाई सर्जिकल मास्क लगाउन सल्लाह दिइएको छैन किनभने यो टाइट फिट हुँदैन र संक्रमित मसिना थोपाहरु नाक, मुख र आँखामा पर्ने सम्भावना रहन्छ। तथापी श्वासप्रश्वास रोगीहरुले मास्क लगाउँदा अरुलाई भाइरस सार्ने सम्भावना काम रहन्छ।

 

 

कसरी बच्ने त ?

१. बारम्बार हात धुने बानी बसाल्नुहोस् : साबुन पानीले ४०/६० सेकेण्डसम्म हात धुने अथवा अल्कोहोल भएको ह्यान्ड स्यानीटाईजरले २०(३० सेकेण्ड सम्म हात सफा गर्ने। यसरी सफा गर्दा हातमा भएका भाइरसहरु मर्छन्।

२. सामाजिक दूरी राम्रोसँग कायम राख्नुहोस्: यदि कोहि व्यक्ति खोक्दै अथवा हाच्छिउं गर्दैछ भने कम्तीमा १ मिटरको दूरी कायम राख्नुहोस्। यसो गर्दा तपाईंले श्वास लिँदा त्यो व्यक्तिमा भाइरस छ भने, खोक्दा अथवा हाच्छिउं गर्दा निस्किने मसिना थोपाहरुबाट त्यो भाइरस पनि श्वाससँगै शरिरभित्र पस्दैन।

३. आँखा, नाक र मुख छुन छोड्नुहोस् : हाम्रो हातहरुले धेरै सतहहरुलाई छोइरहेको हुन्छ र भाइरस हातमा टाँसिएर बस्न सक्छ। तिनै हातहरूले आँखा, नाक वा मुख छुँदा भाइरस आँखा, नाक वा मुख हुँदै शरिरमा प्रवेश गर्छ र तपाईंलाई बिरामी बनाउन सक्छ।

४. रेस्पिरेटरी हाईजिन पालना गर्नुहोस् : खोख्दा वा हाच्छिउं गर्दा आफ्नो नाक र मुख टिस्यु पेपरले छोप्नुहोस् र त्यसरी प्रयोग गरेको टिस्यु पेपर तुतुन्त डस्ट्बिनमा हाल्नुहोस्। यदी टिस्यु पेपर छैन भने कुहिनाले नाक र मुख छोप्नुहोस्। यदी झुक्किएर कुहिनाको सट्टा हातले नाक र मुख छोप्नुभएको छ भने तुरुन्तै साबुन पानीले हात धोइहाल्नुहोस्। यसो गर्दा आफु वरिपरिका मनिसहरुमा भाइरस सर्ने सम्भावना न्यून हुन जान्छ।

५. यदी तपाईंलाई ज्वरो, खोकी र श्वास फेर्न गाह्रो भएको छ भने चाडै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्: बिरामी भएको अनुभुती हुँदा घरमै बस्नुहोस्।यी लक्षणहरुलाई ध्यान दिनुहोस् 100.4o Fभन्दा बढी ज्वरो आउनु, घाटी र टाउको दुख्नु, रुघा र खोकी लाग्नु, सास फेर्न गाह्रो हुनु। ज्वरो, खोकी र श्वास फेर्न गाह्रो भएको छ भने चाडै स्वास्थ्य संस्थामा फोन गरेर बुज्नुहोस। दिइएको सल्लाह सुझाव पालना गर्नुहोस्। याद गर्नुहोस्, स्वास्थ्य संस्था जानुभन्दा पहिले फोन गर्नुभयो भने स्वास्थ्यकर्मीहरुले छिट्टै सजक भएर तपाईंलाई कहाँ र कसरी उपचार गर्ने भन्नेबारे तयारी गर्न पाउछन र तपाईंले अरुलाई भाइरस सार्नबाट पनि रोकथाम गर्न सक्नुहुन्छ।

लेखक: मास्टर्स इन ग्लोबल हेल्थ युनिभर्सिटी अफ कोपेनहेगेनका विद्यार्थी हुन्।

Sources : WHO: myth busters, John Hopkins Medicine: myth vs fact, WHO: Advice for Public

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्