घरबेटीले अप्ठ्यारो पारे पुलिसलाई खबर गर्नुस् : मन्त्री ज्ञवाली

Pradip_Gyawali
लोकपाटी न्यूज

काठमाडौं, १२ चैत। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले लकडाउनको बेला घरधनिले संयमता अपनाउन आग्रह गरेका छन्।
एपि वान एच डि टेलिभिजनको एक कार्यक्रममा बोल्दै उनले संकटको यो अवस्थामा घरभाडा मागी अफ्ठ्यारो पार्ने घरभेटीलाई स्थानीय निकाय वा नेपाल प्रहरीमा उजुरी गर्न आग्रह गरेका हुन्।

कोरोना संक्रमणको रोकथाम तथा उपचारको लागि आवश्यक सामाग्री उपलब्ध रहेको र सहयोग स्वरुप आउने थप सामाग्री चीन सरकारले बिभिन्न ठाउमा संकलन गरिरहेको बताए। कोरोना परिक्षण केन्द्र छिट्टै देशका अन्य भागमा समेत सञ्चालन गर्ने भन्दै ज्ञवालीले भने समस्या बिकराल बन्दै जाने हो भने मृत्युु भएका आफन्तको लास समेत छुन र रुन नपाइने हुँदा घर बाहिर निस्कन पुरै बन्द गर्न र लकडाउनलाई पूर्ण रुपमा पालना गर्न नागरिकहरुलाई आग्रह गरे।

अफ्ठ्यारोमा परेको उधोग व्यापार क्षेत्रलाइ सहुलियत दिने बारे सरकारले सोची रहेको बताउदै गाउँ आफैमा आत्मनिर्भर र सहकार्यको संस्कृती रहेको भन्दै संकट लम्बिदै गएमा शहरिया गरीबहरुको लागि स्पेसल प्याकेज कार्यक्रम आउने उनले बताए।

(एपि वान एच डि टेलिभिजनको विशेष शृङ्खला तमसोमा ज्योतिर्गमयको सम्बाद कार्यक्रम बाट लिएका हौं।)