मकवानपुरमा लकडाउन अवज्ञा गर्ने १४ जना प्रहरी नियन्त्रणमा

Lockdowan logo
लोकपाटी न्यूज

काठमाडौं, १२ चैत। कोरोना भाइसरबाट सुरक्षित हुनका लागि सरकारले गरेको लकडाउन अवज्ञा गर्दै हिड्ने र सवारी साधनलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । पहिलो दिन सामान्य रुपमा सम्झाउँदै छोडिए पनि प्रहरीले दोश्रो दिनबाट नियन्त्रणमा लिन सुरु गरेको हो।

अहिलेसम्म १४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । अटेर गरी हिड्ने सवारी र मानिस दुवैलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। प्रहरीले अहिलेसम्म लकडाउन उल्लंघन गर्ने ८३ वटा मोटरसाइकल, एउटा सुमो, ४ वटा अटो नियन्त्रणमा लिइएको छ।

बिहानको समयमा संक्रमणबाट बच्नका लागि सम्झाए पनि दिउँसोको समयमा अटेर गरी हिँडेकालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

मंगलबारको लकडाउनमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल र प्रहरी प्रमुख सुशिलसिंह राठोरले लकडाउन पूर्ण कर्फ्यु नभएकाले समाउने र थुन्ने नीति नभएकोे बताएका थिए । संक्रमणबाट सुरक्षित रहनका लागि सहजीकरण गर्ने तर नियन्त्रणमा लिने कुनै निर्देशन नरहेकोे बताए पनि बुधबारबाट अटेर गर्नेलाई नियन्त्रणमा लिन थालिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्