काठमाडौं, १२ चैत। भारतबाट नेपाल आएका विभिन्न स्थानका नेपालीहरुलाई रोक्न नसकिएको पाल्पाको प्रहरीले जनाएको छ। पाल्पा प्रहरी प्रमुख एसपी दिपेन्द्र जिसीका अनुसार, कोही नुवाकोटतर्फबाट, कोही नवलपारासी त कोही बुटवलतर्फको खोला र जंगल हुँदै छिरेका हुनल मानिसहरुको संख्या गन्न र उनीहरुलाई रोक्न नसकिएको हो ।
आज विहान बुटवल र पाल्पा हुँदै हिँडेर गुल्मी प्रवेश गरेका २५ देखि ३० जनाको टोलीलाई रिडीमा स्वास्थ्य परिक्षण गरिएको छ, उनीहरु पैदलयात्रामार्फत नै घरतर्फ लागेका छन् । गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।
जिल्ला भित्रिएका उनीहरुको स्वास्थ्य अवस्था सामन्य रहेको जनाइएको छ । मालिका गाउँपालिकाका प्रबत्ता एवं वडाध्यक्ष शोभाखर गिरिका अनुसार उनीहरुमध्ये करिव २५ जना त्यस गाउँपालिका भित्रका हुन् । वडाध्यक्ष गिरिले भारतबाट घर आएका उनीहरुलाई रुपन्देहीको क्वारेन्टाईनमा राख्न खोज्दा भागेर पाल्पा हुँदै हिडेर आउँदै गरेको बताए।



लोकपाटी न्यूज

