लकडाउन उल्लघंन गर्ने ३ सय बढि सवारीसाधन प्रहरी नियन्त्रणमा

लोकपाटी न्यूज

काठमाडौं, १२ चैत। सरकारले कोरोनाभाइरस (कोभिड-१९)को रोकथामका लागि सरकारले मंगलबारबाट लागु गरेको लकडाउनलाई आज थप कडाई गर्ने भएको छ। बुधबार बिहान लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ।

आज बिहानैदेखि जम्मा ३०२ वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । महाशाखाका प्रवक्ताका प्रहरी उपरीक्षक जिवनकुमार श्रेष्ठले आज बिहान ३०२ वटा सवारी नियन्त्रणमा लिइएको जानकारी दिए । त्यसमा धेरै मोटरसाइकल रहेका छन् । घरबाट अनावश्यक रुपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाइबुझाइ गरी घरतर्फ फर्काइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्