काेराेनाविरुद्ध एकजुट हुन अनेमसंघकाे अपील (विज्ञप्ति)

Amrita-thapa-magar-2
लोकपाटी न्यूज

काठमाडौं, ११ चैत। अखिल नेपाल महिला संघ (अनेमसंघ) ले नेपाल सरकारले गरेको सम्पूर्ण योजनाहरुलाई गम्भीरतापूर्वक पालना गर्न आव्हान गरेको छ। कोरोना भाइरस (कोभिड-१९) को यस गम्भीर परिस्थितिमा सम्पूर्ण नागरिकहरुलाई जिम्मेवार बन्न आव्हान गरेको हो।

अनेमसंघकी संयोजक अमृता थापाद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारकर्मी सुरक्षित रहि सत्य तथ्य समाचार सम्प्रेषण गरौं। स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सम्मान गरौं। स्वास्थ्यकर्मी र विज्ञहरुको स्वास्थ्य सम्बन्धी जानकारीलाई आत्मसाथ गर्दै घरमै बसी परिवारको शारिरीक प्रतिरोधी क्षमता (Immunity power) बढाउन तत्पर, सर्तक र आफू पनि स्वस्थ रहौं।’

उक्त विज्ञप्तिमा सिंगो कोरोना विरुद्धको लडाईमा एकजुट भएर संघर्ष गर्न र विजयी बन्न  अपील गरिएको छ। आफनो छरछिमेकमा कोरोना सम्बन्धीका गतिविधिका सूचनाहरु आफनो स्थानीय सरकार वडा कार्यालयमा केन्द्रीत गर्न सहयोग गर्न अनुरोध गरिएको छ।

कोरोनाविरुद्धको कदमलाई थप प्रभावकारी ढंगले अगाडि बढाउन अनेमसंघले सरकारलाई आव्हान समेत गरेको छ। सबै घरपरिवारले कोभिड १९ विरुद्धको संघर्षको सम्पूर्ण नियम पालना गर्दै अरुलाई सहयोग गर्नुपर्नेमा विज्ञिप्तमा जोड दिइएको छ।

विज्ञप्ति

anem sang