एजेन्सी। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ‘लकडाउन’ को घोषणा गरेका छन्। तत्काल लागू हुनेगरी आवतजावत एवम् जमघटमा कडाइ गर्ने ‘लकडाउन’ को घोषणा गरेका हुन्।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण लगातार बढेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागू हुनेगरी आवतजावत एवं जमघटमा कडाइ गर्न ‘लकडाउन’ को घोषणा गरेका छन्। सर्वसाधारणलाई घरभित्रै बस्न आह्वान गरिनुको साथै दुई जनाभन्दा बढीको जमघट तथा सामाजिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको घोषणा गरिएको छ ।
आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण रोक्ने प्रयासका रुपमा प्रधानमन्त्री जोनसनले नयाँ नियन्त्रणका उपाय अघि सारेका हुन्। यो नियम तत्काल लागू हुने भएको छ। आवश्यक किनमेल, दैनिक व्यायाम, औषधोपचार तथा अत्यावश्यक सेवाबाहेक अब घरबाहिर निस्किन निषेध गरिएको छ।
यी नियम नमान्नेविरुद्ध प्रहरीले जरिबाना गराउन सक्ने प्रधानमन्त्री जोनसनले बताए। प्रधानमन्त्री जोनसनले यस्ता घोषणा गर्ने कुनै प्रधानमन्त्रीलाई पनि रहर नहुने भन्दै तीन सातामा यी नियमको समीक्षा गरिने बताएका छन्।बेलायतमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ३३५ व्यक्तिको मृत्यु भइसेकेको छ। छ हजार १८० व्यक्ति सङ्क्रमित भएका छन्। यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन्। एएफपी



लोकपाटी न्यूज

