ट्रकले ठक्कर दिदा वडाअध्यक्ष सहित २ घाईते 

accident
लोकपाटी न्यूज

काठमाडौं, ११ चैत। देशैभर सरकारले लकडाउन गरेको अवस्थामा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा ३ जना घाइते भएका छन् ।  बझाङको दुर्गाथली गाउँपालिकामा ट्रकले भण्डारी गाउँ नजिकै मोटरसाइकललाई ठक्कर दिँदा अध्यक्षसहित २ जना घाइते भएका हुन् ।

ना ४ ख ३७८० नम्बरको ट्रकको ठक्करबाट वडा नम्बर ४ का अध्यक्षसहित २ जना घाइते भएका छन् । दुर्घटनामा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता ३० वर्षीय महेशप्रसाद जोशी र वडा नम्बर २ की २६ वर्षीय कला मिश्र घाइते भएका हुन् । उनीहरुको जिल्ला अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्