काठमाडौं, ११ चैत। सरकाले लकडाउनको निणर्य गरेसंगै काठमाण्डौं उपत्यका सुनसान भएको छ। सरकारले आज (मंगलबार) बिहानदेखि देशैभर लकडाउन गर्नें निर्णय गरेको थियो। सरकारले अत्यावश्कीय सवारी साधनबाहेक सर्वसाधरणलाई घरबाट ननिस्कन अपिल गरेको छ। अहिले केही मानिसहरु बाटोमा फाट्टफुट्ट निस्केको भने देखिन्छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक संघ संस्थालाई पास जारी गरी सवारी साधन चलाउन व्ययवस्था गरेको छ । त्यस्तै कार्यालयले राति गरेको निर्णय अनुसार संचारकर्मीहरुले प्रेस पास प्रयोग गरी सवारीसाधन चलाउन पाउने छन।
कार्यालयले पसलहरु पुरै बन्द गर्न र सर्वसाधरणहरुलाई घर भित्रै बस्न निर्देशन दिएको छ। आदेश पालना नगर्नेहरुलाई ६ महिनासम्म कैद र ६ सय रूपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने कानुनी व्यवस्था छ।
मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले आज बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म एक साता देशैभर लकडाउन गर्ने निर्णय गरेको हो । त्यस्तै अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरु रद्द गरिएको छ ।



लोकपाटी न्यूज

