राजेन्द्र बिक/बाजुरा। जिल्ला प्रशासन कार्यालय बाजुरामा सोमबार बसेको बैठकले बिहान ११ बजेदेखि ३ बजेसम्म मात्र पसलहरु खुला गर्ने निर्णय गरेको छ।
बिहान र बेलुका बजारमा बढी भीडभाड हुने भएकाले पूर्व सर्तकताका लागि यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले जानकारी दिए। मान्छेको भीडभाड हुन नदिन र आवत जावत कम गराउन यो निर्णय गरिएको हो।
प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा सेनानी रबिन श्रेष्ठ, डिएपी टंकप्रसाद भट्टराई, सशस्त्रका डिएपी श्याम रावत, अनुसन्धानका मोहन प्रसाद आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारी सहभागी थिए।



लोकपाटी न्यूज
