विराटनगर मंगलबारदेखि ‘लक डाउन’

लोकपाटी न्यूज

काठमाडौं, १० चैत। भारतसंग सीमा जोडिएको मोरङको विराटनगर महानगरपालिकाले मंगलबारदेखि अनिश्चितकालीन ‘लक डाउन’ गर्ने भएको छ। कोरोना भाइरस नफैलियोस भनेर ‘लक डाउन’ गर्न लागिएको महानगरले बताएको छ।

अबस्था समान्य नहुन्जेल लक डाउन रहने छ। लक डाउनको अबस्थामा अत्याबश्यक बाहेक अन्य क्षेत्रका मानिसलाई घर भित्रै बस्न महानगरपालिकाले आग्रह गरेको छ।

पछिल्लो समय कोरोना संक्रमणलाई फैलिन नदिन सरकारले दक्षिणतर्फको सीमामा कडाइँ गर्दै गएको छ।

विराटनगर भारतसँगको जोगबनी नाका जोडिएको सहर हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्