एक महिनाको तलव राहत कोषमा दिने उपाध्यक्ष पाैडेलकाे घाेषणा

लोकपाटी न्यूज

काठमाडौं, १० चैत। राष्ट्रिय सहकारी विकास बोर्डका उपाध्यक्ष दक्ष पौडेलले आफ्नो एक महिना बराबरको पारिश्रमिक कोरोना भाइरसको संक्रमणविरूद्ध लड्न सरकारले स्थापना गरेको राहत कोषमा जम्मा गर्ने भएका छन्।

उनले आफ्नो एक महिनाको पारिश्रमिक करिब ५५ हजार कोषमा जम्मा गर्ने भएका हुन। सहकारी बोर्डका अन्य सदस्यहरुसंग पनि राहत कोषमा एक महिनाको परिश्रमिक कोषलाई दिनेबारे छलफल भइरहेको बताए।

सरकारले हिजो मन्त्रीपरिषद्को बैठकबाट ५० करोडको एउटा केन्द्रीय कोष घोषणा गरेको थियो। जसमा प्रधानमन्त्री र मन्त्रीहरुले एक–एक महिनाको तलब राख्ने निर्णय गरेको थियो। आवश्यक परे सांसदहरुलाई पनि सो कोषमा रकम राख्नका लागि आग्रह गर्ने निर्णय भएको थियो।

यसअघि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरसको संक्रमणविरूद्ध लड्न सरकारले स्थापना गरेको राहत कोषमा एक महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गर्ने घोषणा गरिसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्