संसदको एक महिनाको तलब कोरोना नियन्त्रण कोषमा जम्मा गर्न गगन थापाको आग्रह

Gagan thapa
लोकपाटी न्यूज

काठमाडौं, १० चैत। नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना नियन्त्रण कोषका लागि सांसदको एक महिनाको तलब जम्मा गर्न आग्रह गरेका छन्। सांसदहरूको एक महिनाको तलब कोषमा जम्मा गरेर कोषलाई बलियो बनाउन उनले आग्रह गरेका हुन।

सरकारले आइतबार नोभेल कोरोना भाइरस  (कोभिड-१९) विरुद्ध लड्‍न कोरोना रोकथाम, नियन्त्रण कोष स्थापना गर्ने निर्णय गरेको थियो। सोमबार ट्वीट गर्दै सांसद थापाले कोषमा धेरैभन्दा धेरै सहयोग जम्मा गर्नुपर्ने उल्लेख गरेका छन्। सरकारले एक जना नागरिकलाई पनि अप्ठ्यारो पर्न दिने छैन भनेर आश्वस्त पार्नुपर्ने उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्