लुटपाटमा संग्लन तीन प्रहरी पक्राउ

Arrest
लोकपाटी न्यूज

काठमाडौं, १० चैत। लुटपाटमा संग्लन रहेको आरोपमा तीन प्रहरी पक्राउ परेका छन । लुटपाटका लागी काठमाडौंबाट मकवानपुर पुगेका उनिहरुलाई पक्राउ गरिएको हो। मकवानपुरको पालुङबाट १ जना असई र २ जना प्रहरी जवान लुटपाट गर्न गएको समयमा पक्राउ परेका हुन् । उनीहरु महानगरीय प्रहरी वृत दरबारमार्ग र महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए।

पक्राउ पर्नेमा असई सुरेन बस्याल, जवान हेमकान्त मगर र वीरबहादुर बस्नेत छन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले उनीहरु पक्राउ परेको पुष्टि गरे। पक्राउ परेका तीनैजना निलम्बनमा परेको र उनीहरुमाथि हदैसम्मको कारवाही गरिने उनले बताए । उनिहरु ड्युटी समयपछि लुटपाटका लागि मकवानपुर पुगेको खुलेको प्रहरीले बताउको छ ।

उनीहरु हिरा लुट्नका लागि मकवानपुर पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्