काठमाडौं,९ चैत। होस्टेल सञ्चालकहरुले राहत प्याकेजमा होस्टेल व्यवसायीलाइ समेट्न तथा घरबेटीसँग भाडा छुट गरिदिन माग गरेका छन्। आइतबार नेपाल होस्टेल एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै घरबेटीहरूलाई बहाल छुटको निर्णय गर्न आग्रह गरेका हुन्।
अन्य व्यवसायको तुलनामा होस्टेल व्यवसायले ठुलो आर्थिक क्षति व्यहोरेको बताउदै संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “घरबेटीहरूलाई आम व्यवसायीले विगतदेखी देखाउँदै आएको व्यावसायिक इमानदारितालाई समेत सम्मान गर्दै घर बहाल छुट दिने निर्णय गर्न अनुरोध गर्दछौं ।” विज्ञप्तिमार्फत् संघले नेपाल सरकारलाई राहतको प्याकेजमा होस्टल व्यवसायीलाई समेट्न तथा घरबेटीलाई बहाल छुटको लागी आह्वान गर्न पनि आग्रह गरेको छ।
संघले चैत ९ गते देखी सम्पूर्ण होस्टल कम्तिमा चैत मसान्तसम्म बन्द गर्न सबै होस्टल व्यवसायीलाई यसअघि नै आह्वान गरिसकेको छ। संघका अनुसार अन्य व्यवसायको तुलनामा होस्टल व्यवशायले यो अवस्थामा ठुलो आर्थिक क्षति व्यहोर्नुपर्ने भएकाले राज्यले राहतको प्याकेज घोषणा गर्दा होस्टल व्यवसायी पनि नछटुन् भन्ने माग गरिएको हो ।



लोकपाटी न्यूज

