चैत ६ पछि काठमाडौं छोड्ने पाँच लाख पुगे

लोकपाटी न्यूज

काठमाडौं, ९ चैत। सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौँ छाड्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ। चैत ६ गतेदेखि आज बिहानसम्म मात्रै झण्डै पाँच लाखले राजधानी छाडेका छन्। राजधानी भित्रिने क्रम भने न्यून छ।

तीन दिनको अवधिमा राजधानी आउने यात्रु एक लाख ९४ हजार रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । शुक्रबार एक लाख ३० हजारले राजधानी छाडेकामा शनिबार दुई लाख छ हजारले राजधानी छाडेका छन् । आज बिहान १० बजेसम्म मात्रै ५६ हजारले छाडिसकेका छन् । सरकारले यही चैत ५ गते कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन माध्यमिक शिक्षा परीक्षा ( एसइई ) अनिश्चितकालका लागि स्थगन गरिसकेको छ भने आवश्यक सावधानी अपनाउँदै सबै शैक्षिक संस्थासमेत बन्द गरेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्