वैज्ञानिक सेमेलवेइसः जसले हात धोए रोग सर्दैन भन्ने पत्ता लगाए

लोकपाटी न्यूज

काठमाडौं, ९ चैत। अहिले कोरोना भाइरसको महामारीले संसार आक्रान्त छ। चीनको वुहानबाट फैलिएको यो भाइरसबाट मर्नेको संख्या करिब १३ हजार पुगेको छ भने यसबाट संक्रमित हुनेका संख्या करिब ३ लाख १० हजार पुगेको छ। यो भाइरसका कारण इटलीमा सबैभन्दा धेरै ४ हजार ८ सय २५ जनाको मृत्यु भएको छ भने त्यहाँ संक्रमितको संख्या ५३ हजार भन्दा बढि छन्।

कोरोना लगायतका धेरैजसो सरुवा रोगहरु फोहोर हातका कारण सर्ने गर्दछ। हात सफा राख्ने हो भने पनि धेरै सरुवा रोगहरुबाट बच्न सकिन्छ।

के तपाईलाई थाहा छ, हात धोएर काम गर्यो भने सरुवा रोगहरु सर्दैन भन्ने कुरा पत्ता लगाउने पहिलो बैज्ञानिको को हुन ? उनले पहिलो पटक यस्तो बताउदा अपमानित हुनु परेको मात्रै नभए यहि कारणले मानसिक अस्पतालमा समेत राखिएको थियो । मानसिक अस्पातालमा कुटपिटकै कारण उनको मृत्यु समेत भयो।

हात धोएर अस्पतालमा बच्चा जन्माउने कामको साथ साथै बिरामीको उपचार गर्दा र अपरेसन गर्दा डाक्टरहरु र नर्सहरुले हात धोएर काम गर्यो भने रोग सर्दैन र धेरै सुत्केरीहरु र बिरामीहरुको ज्यान बच्छ भन्ने कुरा पत्ता लगाउने पहिलो बैज्ञानिकको नाम ईग्नाज सेमेलवेइस थियो। उनी हंगेरीमा सन १८१८ मा जन्मेका थिए। आज भन्दा १७३ बर्ष अगाढी उनले प्रसुती गृहमा काम गर्दै गर्दा डाक्टरहरुले हात धोएर बच्चा जन्माउने काममा सहयोग गर्यो भने सुत्केरीको मृत्यु दर एकदमै कम हुन्छ भन्ने कुरा पत्ता लगाए। त्यति बेला सम्म सुत्केरीको मृत्यु दर निकै धेरै थियो। उनले आफुले काम गर्ने वार्डको सबै स्टाफहरुलाई हात धोएर मात्र बिरामीलाई छुने नियम बनाइ दिए।

तर विडम्बनाको कुरा के भयो भने त्यति बेलाको कुनै पनि ठुला ठुला डाक्टरहरुले उनको कुरालाइ पटक्कै बिश्वास गरेनन। सबैले उनको खिल्ली बेस्सरी नै उडाए र उनको बिरोध पनि गरे। फलस्वरूप उनको मानसिक स्थिति बिग्रिदै गयो। उनलाई जबर्जस्ति मानसिक अस्पतालमा भर्ना गरियो र त्यहि क्रममा उनलाई कुटपिट पनि गरियो। सोही कुटपिटको चोटले गर्दा त्यसको केहि दिन पछि ४७ बर्षको उमेरमा उनको मृत्यू भयो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्