आजदेखि रुपन्देहीका हाटबजार बन्द

hatbazar
लोकपाटी न्यूज

अस्मिना पाण्डे/ बुटबल,९ चैत। रुपन्देहीमा रहेका हाटबजार आइतबारदेखि अनिश्चितकालका लागि बन्द भएका छन्।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को उच्च सतर्कता अपनाउदै हाट बजार बन्द गर्ने निर्णय गरिएको संघले शनिबार विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ।

हाट बजारमा मानिसको बढि भीड्भाड हुने हुँदा कोरोना संक्रमणको जोखिम बढने भन्दै हाट बजार बन्द गर्ने निर्णय गरिएको रुपन्देही हाट बजार व्यवसायि संघका अध्यक्ष भिमलाल ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

सरकारले गरेको निर्णयप्रति रुपन्देही हाट बजार व्यवसायी संघ एक्यवद्धता जनाउदै कोरोना भाइरसबाट बच्न र बचाउनका लागि अर्को सूचना जारी नहुँदासम्म रुपन्देही जिल्ला भरी लाग्ने सम्पुर्ण हाट बजार बन्द गरी सजग रहन सम्पुर्ण व्यवसायीलाई अनुरोध गर्दछौ, विज्ञप्तिमा उल्लेख गरिएको छ। रुपन्देही जिल्लामा हाल १ सय २२ स्थानमा हाट बजार लाग्दै आएको छ।

Bigepti

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्