कोरोना भाइरसबाट बच्न सतर्कता अभिवृद्धि गर्न प्रचण्डको अपील

Puspa-Kamal-Dahal-Prachanda
लोकपाटी न्यूज

काठमाडौं, ९ चैत। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरस ( कोविड–१९ ) को संक्रमणबाट बच्न सावधानी र संक्रमणबाट बच्न सावधानी अपनाउन आग्रह गरेका छन्।

सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न पनि प्रचण्डले आग्रह गरेका छन्।
‘सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह गर्दछु,’ प्रचण्डले भनेका छन्।
उनले भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन आफ्नो पहल बढाउन सरकारसँग आग्रह गर्दै राष्ट्रिय एकता र उच्च मनोबलका साथ यसको सामना गर्न सबैमा अनुरोध गरेका छन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्