लायन्स क्लव ईन्टरनेशनलद्वारा रक्तदान अभियान सुरु

pic blood
लोकपाटी न्यूज

काठमाडौं, ७ चैत। लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको जोन-४३ का लायन्स क्लबहरुको संयुक्त आयोजनामा सप्ताहव्यापी रक्तदान कार्यक्रमको दोश्रो दिन आज चक्रपथपथमा सम्पन्न भएको छ। कोभिड-१९ भाइरसको संक्रमणको त्रासले जनजीवन प्रभावित हुँदा रगतको अभाव हुन नदिन लायन्स क्लवहरुले रक्तदान अभियान सुरु गरेका हुन्।

काठमाडौंका विभिन्न स्थानमा सात दिनसम्म यो कार्यक्रम सञ्चालन हुनेछ। भोलिको कार्यक्रम मनमैंजुमा हुने लायन्स क्लव अफ काठमाडौं हिमालयन पाण्डाका अध्यक्ष लायन उमेश खड्काले बताए। उनले सरकारको आव्हानलाई आत्मसात गर्दै कोरोनाको सचेतनासहित भिडभाड नगरी हिमालयन ब्लड ट्रान्सफ्युजन सेन्टरका दक्ष स्वास्थ्यकर्मीको सहयोग र निगरानीमा रक्तदान अभियान चलाइएको  जानकारी गराए।

यस अवधिमा चक्रपथमा दुई दिनमा ६८ जनाले रक्तदान गरेका छन्। जोन-४३ अन्तर्गत लायन्स क्लव अफ काठमाडौं हिमालयन पाण्डा, लायन्स क्लब अफ काठमाडौं कृयटिभ यूथ, लायन्स क्लब अफ काठमाडौं प्रोफेस्नल्स र लायन्स क्लब अफ काठमाडौं स्टार क्रियाशिल छन्। यस जोनको चियर पर्शन लायन गनिका गुरुङ हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्