कोरोनाबाट बच्नको लागि नेपाल औषधि व्यवसायि संघ कपिलवस्तुको अपिल

corona
लोकपाटी न्यूज

रमेश भुषाल/ कपिलवस्तु, ७ चैत।  नेपाल औषधि व्यवसायि संघ कपिलवस्तु शाखाले कोरोना भाइरस कोभिड १९ विरुद्ध अपिल गरेको छ। विश्व महामारीको अवस्था र छिमेकी राष्ट्र भारतमा दु्रत गतिमा फैलिएको अवस्थामा कोरोना भाइरसविरुद्ध १५ बुँदे अपिल जारी गरेको नेपाल औषधि व्यावसायि संघ कपिलवस्तु शाखाका अध्यक्ष डा. धर्मराज भट्टराईले बताए।

अध्यक्ष धर्मराज भट्टराई र महासचिव मनिराम पाण्डेद्वारा शुक्रबार हस्ताक्षरित अपिलमा अनावश्यक घरबाट बाहिर नजान, महत्वपुर्ण कामको लागि बाहिर जादा अनिवार्य मास्कको प्रयोग गर्ने, कसैसँग पनि हात नमिलाउने। नमस्कार गर्ने, अबको एक महिना कोहि कसैको घरमा पाउना नजाने, नबोलाउने, दश वर्ष मुनिका बच्चा र ६० वर्ष भन्दा माथिका बृद्धलाई बाहिर जान नदिने, सरसफाईमा ध्यान दिने।

प्रत्येक १५ मिनेटमा सावुन पानीले २० सेकेण्ड सम्म हात धुने, ६० प्रतिशत अल्कोहल भएको स्यानेटाइजर प्रयोग गर्ने, हच्छुयु गर्दा कुइनोले घोप्टने, रुमालले छोप्ने, १०२ डिग्री भन्दा माथि ज्वारो , रुघा , खोकि, शरिर दुखाई, छाति दुख्ने, सास फेर्न गाहे हुने भएमा तुरुत स्वास्थ्य संस्थामा जाने, एक महिना शाकाहारी भोजन ग्रहण गर्ने, घरपालुवा जंगली जनावार, पशुपक्षिबाट टाढा बस्ने, सामाजिक सञ्जालमा आधिकारिक समाचार, जानकारीमात्र पढ्ने, भ्रम फैलाउने खालका र अपुष्ट समाचार पोष्ट नगर्ने, नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट जारी गरेको नियम अक्षरस पालना गर्ने, जिल्लाका सबै औषधि ब्यावसायीले निरन्तर र सर्वसुलव सेवा दिने, ‘रुने होइन धुने हो डराउने होइन हराउने हो’ भन्दै सबैमा अपिल गरेको छ ।

pic

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्