काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले देशभरिका सार्वजनिक विद्यालयलाई क्वारेन्टाइनमा रुपान्तरण गर्न आग्रह गरेका छन्। पौडेलले सामाजिक सञ्जालमार्फत् देशभरिका विद्यालयलाई क्वारेन्टाइनमा रुपान्तर गर्न सरकारलाई सुझाएका हुन्।
सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित प्रकोपलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाएका बेला नेता पौडेलले यस्तो धारणा अघि सारेका हुन्। यसको गरेको खण्डमा देशभरि सुरक्षा सतर्कता अपनाउन सकिने पौडेलको तर्क छ।
पौडेलले त्यस्ता क्वारेन्टाइनको जिम्मा स्थानीय जनप्रतिनिधिहरुलाई दिन पनि सरकारलाई सुझाएका छन्। ‘यसलाई व्यवस्थित गरी त्यसअनुसार गर्न सरकारले आवश्यक निर्णय गरोस्। त्यसको आन्तरिक व्यवस्थापनको जिम्मा स्थानीय जनप्रतिनिधिहरुलाई दिइयोस्’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको ६७४२ वडाहरु हरेकमा रहेका सार्वजनिक विद्यालयहरुमध्येबाट तत्कालका लागि क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सक्ने परिस्थिति छ। यसलाई व्यवस्थित गरी त्यसअनुसार गर्न सरकारले आवश्यक निर्णय गरोस्। त्यसको आन्तरिक व्यवस्थापनको जिम्मा स्थानीय जनप्रतिनिधिहरुलाई दिइयोस्। स्थानीय स्वास्थ्य चौकीमै कोरोना कोभिड–१९ परीक्षणका लागि नमुना संकलन गरिने व्यवस्था तत्काल गरियोस्।’



लोकपाटी न्यूज

