पर्वतमा ठूलो असिना, करोडौंको बालीनाली क्षति

90506153_219386426133993_8748637602136981504_n
लोकपाटी न्यूज

निर्मल पौडेल, पर्वत। पर्वतमा शुक्रबार दिउँसो अचानक ठूलो मात्रमा आएको असिना पानीले खेतीवालीमा ठूलो क्षति पुर्‍याएको छ। दिउँसो साढे तीन बजेपछि आएको असिना पानीले खेतीबाली, फलफूल तथा तरकारीमा ठूलो क्षति पुर्‍याएको हो।

सदरमुकाम कुश्मामा १० देखि पन्ध्र इञ्चसम्म असिना जमेको छ। एक्कासी आएको ठूलो असिना पानीले खेतीबालीमा नोक्सान पुर्‍याउनुका साथै यहाँको जनजीवन प्रभावित भएको छ। असिना पानीका कारण चक्लावन्दीको काम भइरहेको मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम प्रभावित हुनुका साथै अन्य स्थानीय सडकमा हुने आन्तरिक यात्रा समेत प्रभावित भएको छ।

असिना पानीले ठूलो मात्रमा क्षति पुर्‍याएको भए पनि क्षतिको एकीन विवरण आई नसकेको कृषि ज्ञान केन्द्र पर्वत बाग्लुङका प्रमुख बासुदेव रेग्मीले बताए। असिना पानीले हिउँदे खेतीबाली लगायत फुल्दै गरेको आँप, लिची, सुन्तला लगायतका फलफूल खेतीमा नोक्सानी गरेको हो। असिना पानीले खेती तरकारीमा क्षति पुर्‍याएपछि कृषकहरु चिन्तित भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्