काठमाडौं, ७ चैत। प्रधानमन्त्री केपी ओलीले शुक्रबार (आज) देशवासीको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले साँझ ५ बजे देशवासीको नाममा सम्बोधान गर्ने भएका हुन । प्रधानमन्त्री गत सातामात्रै अस्पतालबाट मिर्गौला प्रत्यारोपण गरी फर्किएका थिए।
यसअघि प्रधानमन्त्री ओलीले अस्पताल भर्ना हुनुअघि देशवासीलाई भिडिओमार्फत् सन्देश जारी गरेका थिए। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागी विभिन्न कार्यक्रमहरु सरकारले ल्याएको बेला ओलीले सम्बोधन गर्न लागेका हुन।
सम्बोधनमा सरकारी सञ्चारमाध्यमलाई मात्रै प्रवेश दिईएको छ। सम्बोधनको सरकारी सञ्चार माध्यम रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने बताइएको छ। सरकारले कोरोनाभाइरसको जोखिम न्यूनीकरण तथा रोकथामका लागि २५ जनाभन्दा धेरै एकै ठाउँमा भेला नहुन, अत्यावश्यक काममा मात्र बाहिर निस्कन आग्रह गरिसकेको छ।



लोकपाटी न्यूज

