बर्दिया, ७ चैत। नेकपाका नेता एवं सांसद तुलसी थापाको पहलमा बर्दियाको मैनपोखरा बजार क्षेत्रको सडक चौडा हुने भएको छ। थापाले सडक चौडाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा निवेदन दिएकी थिइन्।
सांसद थापाको अनुरोधमा उक्त सडकलाई चौडा गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले सचिवलाई निर्देशन दिइसकेको सांसद थापाको सचिवालयले जानकारी दियो। मन्त्री नेम्वाङले बाँकेको नेपालगञ्ज र बर्दिया सडक खण्डको सडकमा सवारी साधनको चाप बढ्न गएकाले अत्यधिक जाम हुन गएको भन्दै उक्त सडक चौडा गर्न निर्देशन दिएका हुन्।
नेकपाका उपाध्यक्ष वामदेव गौतमकी जीवनसंगीनी थापाले बर्दियाको विकासका लागि निरन्तर पहल गर्दै आएकी छिन्। यसअघि पनि थापाको पहलमा उक्त क्षेत्रमा विकास आयोजनामा ठूलो रकम बिनियोजन भएको थियो।




लोकपाटी न्यूज

