काठमाडौं, ७ चैत। प्रधानमन्त्री तथा नेपाल सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा )का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल ( प्रचण्ड ) बीच भेटवार्ता शुरु भएको छ।
बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता शुरु भएको हो। दुई नेताहरुबीच भेटमा एकताका बाँकी प्रक्रियाका विषयमा छलफल हुने बताइएको छ। कोरोना भाइरसको माहामारी, यसको संक्रमण रोक्न सरकारले गरिरहेको काम र सरकारका काममा पार्टी नेता तथा कार्यकर्ताले गर्न सक्ने सहयोगका विषयमा पनि २ नेताहरुबीच छलफल भइरहेको ओलीको सचिवालयका एक सदस्यले जानकारी दिए।



लोकपाटी न्यूज

